महानगरले मेटायो अग्रपंक्तिमा खटिनेको सम्मानमा बनाएको चित्र
काठमाडौं, असार १६ : राजधानीको रत्नपार्कमा आकाशे पुलको पर्खालमा कोभिड–१९ महामारीको अग्रपंक्तिमा खटिएकाहरुको सम्मानमा बनाएको चित्र काठमाडौं महानगरपालिकाले मेटाएको छ ।चार जना कलाकार...
काठमाडौं, असार १६ : राजधानीको रत्नपार्कमा आकाशे पुलको पर्खालमा कोभिड–१९ महामारीको अग्रपंक्तिमा खटिएकाहरुको सम्मानमा बनाएको चित्र काठमाडौं महानगरपालिकाले मेटाएको छ ।
चार जना कलाकार र तीन जना स्वयंसेवककले ६ दिन लगाएर जेठ ३० मा निर्माण सकेको यो चित्र महानगरपालिकाले आज दिउँसो मेटाएको हो ।
कोरोना भाइरसको महामारीका बेला अग्रपंक्तिमा खटिनेहरुप्रति सम्मान व्यक्त गर्ने चित्र बनाउन दुर्जाङ शेर्पालाई काठमाडौं महानगरपालिकाको वडा नम्बर २८ को वडा कार्यालयले अनुमति दिएपनि तर, वडा कार्यालयले त्यस्तो अनुमति दिन नपाउने भन्दै काठमाडौं मेयर विद्यासुन्दर शाक्य र प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञावालीको निर्देशनमा महानगरपालिकाले चित्र मेटाएको हो ।
महानगरले उक्त चित्र मेटेसँगै सामाजिक सञ्जालमा ब्यापक आलोचना भएको छ ।
प्रकाशित मिति: २०:०१ बजे, बुधबार, असार १६, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











