जनकपुरमा जलाइयो प्रधानमन्त्रीको पुत्ला
जनकपुरधाम, असार १६ : विपक्षी गठबन्धनमा आबद्ध दलका विद्यार्थी संगठनहरूले प्रतिनिधिसभा विघटन गरेको भन्दै प्रधानमन्त्री केपी ओलीको पुत्ला जलाएका छन्। धनुषामा क्रियाशील अखिल क्रान्तिकारी,...जनकपुरधाम, असार १६ : विपक्षी गठबन्धनमा आबद्ध दलका विद्यार्थी संगठनहरूले प्रतिनिधिसभा विघटन गरेको भन्दै प्रधानमन्त्री केपी ओलीको पुत्ला जलाएका छन्।
धनुषामा क्रियाशील अखिल क्रान्तिकारी, एमाले नेता माधव नेपाल पक्षधर अनेरास्ववियु, नेविसंघ र समाजवादी विद्यार्थी संघलगायत विद्यार्थी संगठनहरूले आज (बुधबार) जनकपुरमा प्रदर्शन गर्ने क्रममा प्रधानमन्त्री ओलीलाई प्रतिगमनकारीको संज्ञा दिँदै उनको पुतला जलाएका हुन्।
विभिन्न नारा लगाउँदै विद्यार्थीहरूको प्रदर्शन जनकपुरधामस्थित रेल्वे स्टेशन हुँदै भानु चोक, शिव चोक र जनक चोकसम्म पुगेर कोणसभामा परिणत भएको थियो। त्यसक्रममा ती विद्यार्थी संगठनहरूले प्रतिनिधिसभा पुनःस्थापना हुनुपर्ने माग गरेका थिए।
प्रकाशित मिति: १७:५८ बजे, बुधबार, असार १६, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
कर्णालीको विकासका लागि सहकार्य हुनुपर्नेमा मुख्यमन्त्रीको जोडशनिबार, मंसिर ८, २०८१
पोखरामा सामुदायिक विद्यालय पढाउने अभिभावकको निःशुल्क स्वास्थ्य बिमाशुक्रबार, मंसिर ७, २०८१
झापाबाट एघार करोडको चिया निर्यातशुक्रबार, मंसिर ७, २०८१
जटिल रोग लागेका बिरामीलाई लुम्बिनी प्रदेशको दुई लाख सहयोगशुक्रबार, मंसिर ७, २०८१