Kathmandu Press

युरोकपको क्वार्टरफाइनल समीकरण पुरा, दाबेदार टिम अन्तिम १६ मै रोकिए

काठमाडौं, असार १६ : युरोपका विभिन्न ११ सहरमा जारी १६औं संस्करणको युरोकप फुटबलको क्वार्टरफाइलन समीकरण पुरा भएको छ। मंगलबार राति भएका २ खेलसँगै युरोकपको...
युरोकपको क्वार्टरफाइनल समीकरण पुरा, दाबेदार टिम अन्तिम १६ मै रोकिए

काठमाडौं, असार १६ : युरोपका विभिन्न ११ सहरमा जारी १६औं संस्करणको युरोकप फुटबलको क्वार्टरफाइलन समीकरण पुरा भएको छ। मंगलबार राति भएका २ खेलसँगै युरोकपको क्वार्टरफाइलन समीकरण पूरा भएकाे छ।

क्वार्टफाइनल पुग्ने अन्तिम दुई इंग्ल्यान्ड र युक्रेन रहे । यस्तै, अन्य टिममा इटाली, चेक रिपब्लिक, डेनमार्क, स्पेन, स्विटरजरल्यानड र बेल्जियम छन्।

क्वार्टरफाइलनको पहिलो खेलमा स्विट्जरल्यान्ड र स्पेन भिड्ने छन्। स्विट्जरल्यान्ड विश्वविजेता फ्रान्सलाई पेनाल्टी सुटआउटमा हराउँदै क्वार्टरफाइनल पुगेको हो भने अन्तिम ८मा स्थान बनाउने क्रममा स्पेनले क्रोएसियालाई अतिरिक्त समयमा ५–२ले हरायो।

यस्तै दास्रो क्वार्टरफाइनलमा दुई दाबेदार टिम इटाली र बेल्जियम भिड्ने छन्। अन्तिम १६मा इटालीले अस्ट्रियालाई अतिरिक्त समयमा २–१ले हराएको थियो भने बेल्जियमले डिफेन्डिङ च्याम्पियनमाथि १–०को जित निकाल्यो।

यी दुवै खेल जुलाई २मा हुने छ। यी खेलका विजेता सेमिफाइनलमा भिड्ने छन्।

यसैगरी क्वार्टरफाइनलका तेस्रो खेलमा चेकरिपब्लिक र डेनमार्क भिड्ने छन्। चेकले अन्तिम १६मा नेदरल्यान्ड्सलाई २–०ले हरायो भने डेनमार्कले वेल्समाथि ४–०को जित निकालेको थियो। यस्तै क्वार्टरफाइनलको अन्तिम खेलमा इंग्ल्यान्ड र युक्रेन भिड्ने छन् । 

यी दुई खेल जुलाई ३ मा हुने छ। यी दुई क्वार्टरफाइनलक विजेता सेमिफाइनलमा आपसमा भिड्ने छन्।

यता, युरोकप ठूला दाबेदार टिम भने १६ बाटै बाहिरिएको छन् । अन्तिम १६बाटै बाहिरिने हेभिवेट टिममा, डिफेन्डिङ च्याम्पियन्स पोर्चुगल, विश्वविजेता फ्रान्स, तीन पटकको च्याम्पियन जर्मनी र नेदरल्यान्ड्स छन्। समूह रचणमा पोर्चुगल, फ्रान्स र जर्मनी एउटै समूहमा थिए।

प्रकाशित मिति: १५:०२ बजे, बुधबार, असार १६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्