चिया किसानद्वारा नगरपालिका घेराउ
इलाम, असार १६ : उद्योगीले नगरपालिकाले तोकेको दरमा चियापत्ती खरिद नगरेपछि किसानले इलामको इलाम सूर्योदय नगरपालिकामा घेराउ गरेका छन्।
गुणस्तर ख....

इलाम, असार १६ : उद्योगीले नगरपालिकाले तोकेको दरमा चियापत्ती खरिद नगरेपछि किसानले इलामको इलाम सूर्योदय नगरपालिकामा घेराउ गरेका छन्।
गुणस्तर खस्किएको भन्दै उद्योगीले चियापत्ती खरिद गरेका छैनन्। नगरपालिकाले धेरै मूल्य तोकेको उनीहरुको गुनासो छ। यहाँका चिया उद्योगीले उद्योग बन्द गरेका छन्।
जसले गर्दा किसानको हरियोपत्ती कुहिन थालेको छ। कयौंले चियापत्ती टिप्नै छोडेका छन्।
यस अघि चिया किसानले विरोध जनाउदै हरियो चियापत्ती मेची राजमार्गमा पोखेका थिए। उनीहरू हिजो साँझ नगरपालिका अगाडि, नयाँ चोक र फिक्कल बजारमा चिया पोखेर विरोध जनाएका थिए।
प्रकाशित मिति: १४:२८ बजे, सोमबार, असार १६, २०७६
प्रतिक्रिया दिनुहोस्
थप समाचार