Kathmandu Press

एमाले महाधिवेशन आयोजक कमिटी खारेज, केन्द्रीय कमिटी बैठक शुक्रबार बस्ने

काठमाडौं, असार १६ : एमाले १०औं महाधिवेशन आयोजक कमिटी खारेज गरिएको छ। उक्त कमिटी खारेज भएलगत्तै केन्द्रीय कमिटीको बैठक बोलाइएको छ।आज (बुधबार) प्रधानमन्त्री...
एमाले महाधिवेशन आयोजक कमिटी खारेज, केन्द्रीय कमिटी बैठक शुक्रबार बस्ने

काठमाडौं, असार १६ : एमाले १०औं महाधिवेशन आयोजक कमिटी खारेज गरिएको छ। उक्त कमिटी खारेज भएलगत्तै केन्द्रीय कमिटीको बैठक बोलाइएको छ।

आज (बुधबार) प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले १०औं महाधिवेशन आयोजक कमिटीलाई  केन्द्रीय कमिटीमा रुपान्तरण गरिएको पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए। अबको केन्द्रीय कमिटीको बैठक शुक्रबार (असार १८ गते) बस्ने उनले जनाए।

बैठकले माओवादी केन्द्रबाट एमालेमा प्रवेश गरेका रामबहादुर थापा बादल, लेखराज भट्ट, टोपबहादुर रायमाझी, मणि थापासहित एमाले नेताहरू रघुवीर महासेठ, रघु पन्त, विष्णु रिमाल र बेदुराम भुसाललाई स्थायी कमिटी सदस्यमा मनोनीत गर्ने निर्णय पनि गरेको छ।

वरिष्ठ नेता झलनाथ खनालको उपचारको सम्पूर्ण जिम्मा पार्टीले लिने निर्णय भएको जनाइएको छ।

बैठकले कोरोना महामारी नियन्त्रण र बाढपिहिरो पहिरोजस्ता विपदमा उद्धार तथा राहतमा सरकारले गरेको कामको उच्च प्रशंसा गर्दै सबै नागरिकलाई कोरोनाविरुद्धको खोप दिलाउने सरकारलाई अनुरोध पनि गरेको प्रवक्ता ज्ञवालीको भनाइ छ।

महािधवेशन आयोजक किमटी केन्द्रीय कमिटीमा रूपान्तरित भएसँगै वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाललगायत अन्य नेताहरूलाई गरिएको कारबाही निष्प्रभावी भएको प्रवक्ता ज्ञवालीले बताए।

‘वैशाख १२ मा दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको तेस्रो बैठक र जेठ १० मा स्थायी कमिटीको सातौं बैठकले पार्टीका कतिपय नेता तथा कार्यकर्तामाथि कारबाही गरिएको अवस्था थियो,’ उनले भने, ‘महाधिवेशन आयोजक कमिटीलाई केन्द्रीय कमिटीमा रुपान्तरित गर्ने यो फैसलासँगै त्यो कारबाही निष्प्रभावी भएको छ। अब त्यो कारबाहीको कुनै सन्दर्भ रहेन ।’

गत जेठ ८ गते बसेको स्थायी कमिटी बैठकले माधवकुमार नेपाल र झलनाथ खनालसहित सो पक्षका ११ सांसदलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो। जेठ १० गते बेलुका प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले उनीहरुलाई पार्टीबाट निष्कासन गर्ने निर्णय गर्‍यो।

निष्कासनमा पर्नेहमा माधवकुमार नेपाल, झलनाथ खनाल, भीम रावल, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, कल्याणी खड्का, पुष्पाकुमारी कर्ण कायस्थ, सरलाकुमारी यादव, लक्ष्मीकुमारी चौधरी, कालिला खान र नीरादेवी जैरु छन्।

प्रकाशित मिति: १४:२१ बजे, बुधबार, असार १६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्