Kathmandu Press

एमाले बैठकमा मन्त्री कृष्णगोपाल श्रेष्ठको राजीनामा माग

काठमाडौं, असार १६ : एमालेको १०औं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको प्रधानमन्त्री निवास बालुवाटारमा आज (बुधबार) जारी बैठकमा नेता जगत् विश्वकर्माले मन्त्री कृष्णगोपाल श्रेष्ठले...
एमाले बैठकमा मन्त्री कृष्णगोपाल श्रेष्ठको राजीनामा माग

काठमाडौं, असार १६ : एमालेको १०औं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको प्रधानमन्त्री निवास बालुवाटारमा आज (बुधबार) जारी बैठकमा नेता जगत् विश्वकर्माले मन्त्री कृष्णगोपाल श्रेष्ठले राजीनामा दिनुपर्ने माग गरेका छन्।

जातीय विभेदलाई प्रश्रय दिएको आरोप मन्त्री श्रेष्ठमाथि लगाइएको छ। मन्त्री श्रेष्ठको कदमबारे अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीलाई समेत गम्भीर हुन आग्रह गरिएको छ । नेपाल उत्पीडित जातीय मुक्ति समाजको तर्फबाट प्रधानमन्त्रीलाई गम्भीर ध्यानाकर्षण गराइएको हो ।

जातिय विभेदको अन्त्यका लागि सरकारले नै ऐन नियम बनाउने अनि सरकारकै मन्त्रीले त्यसको कार्यान्वयन गराउनुको सट्टा विभेदमा संलग्नलाई संरक्षण दिने काम भएको भन्दै मन्त्री र सरकारको चौतर्फी विरोध भइरहेका बेला प्रधानमन्त्रीले सम्बन्धित मन्त्रीलाई आइन्दा त्यस्तो गल्ती नगर्न भन्दै प्रधानमन्त्री केपी ओलीले मन्त्रीलाई सचेत गराएका थिए।

मन्त्री श्रेष्ले पनि आउने दिनमा त्यस्तो गल्ती नगर्ने प्रतिबद्धता व्यक्त गरिसकेका छन्।

प्रकाशित मिति: १४:१० बजे, बुधबार, असार १६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्