विप्लवका कार्यकर्ता र प्रहरीबीच गोली हानाहान
संखुवासभा, असार १६ : संखुवासभाको सिलिचोङ गाउँपालिका–१ सिसुवाखोलाको हेयाङ्लामा आज बिहान प्रहरी र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको ....

संखुवासभा, असार १६ : संखुवासभाको सिलिचोङ गाउँपालिका–१ सिसुवाखोलाको हेयाङ्लामा आज बिहान प्रहरी र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका कार्यकर्ताबीच गोली हानाहान भएको छ।
प्रहरीसँगको जम्काभेटमा गोली हानाहान भएपनि कुनै क्षति नभएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयको टोली नियमित गस्तीमा रहेका बेला विप्लवका कार्यकर्तासँग जम्काभेट भएको हो। प्रहरी टोली देखेपछि विप्वलका कार्यकर्ताले फायर खोलेको र प्रहरीले पनि जवाफी फायर गरेको जनाएको छ।
जिल्ला प्रहरी कार्यालयका अनुसार, उनीहरु २५ जनाभन्दा बढीको समूहमा रहेका थिए। प्रहरीले फायर खोलेपछि उनीहरू भागेको जनाएको छ। घटनास्थलतर्फ थप सुरक्षाकर्मी पठाएको छ। सदरमुकामबाट त्यहाँ पुग्न १० घण्टा हिड्नु पर्छ।
यसको विस्तृत विवरण नआएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।











