Kathmandu Press

सरकारी वकिलहरूको बहस सकियो, अब प्रधानमन्त्रीका निजी वकिलको पालो

सरकारी वकिलहरूको बहस सकियो, अब प्रधानमन्त्रीका निजी वकिलको पालो

काठमाडौं, असार १६ : स‌वैधािनक इजलासमा प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा बहस भइरहेको छ।

संविधान विघटनका प्रतिरक्षामा सरकारी वकिलका तर्फबाट आइतबारबाट हुँदै आएको बहस आज (बुधबार) बहस सकिएको छ। आज महान्यायाधिवक्ता कार्यालयका चार सहन्यायाधिवक्ता गोपालप्रसाद रिजाल, सञ्जीवराज रेग्मी, लोकराज पराजुली र खेमराज ज्ञवालीले बहस गरेका थिए।

उनीहरूको बहसलगत्तै प्रधानमन्त्री केपी ओलीका निजी वकिलका तर्फबाट वरिष्ठ अधिवक्ता सुशील पन्तले बहस थालेका छन्।

संवैधानिक इजलासले संसद विघटन मुद्दामा पक्ष र विपक्षबाट बहस गर्न १५÷१५ घण्टा समय दिएको छ। प्रतिनिधिसभा पुनःस्थापना हुनुपर्ने भनी रिट हाल्नेको पक्षबाट कानुन व्यवसायीहरूले १२ घण्टा बहस गरिसकेका छन्। सरकार िपक्षको बहु सकिएपछि प्रतिरक्षाका लागि उनीहरूको ३ घण्टा समय बाँकी छ।

सरकारी पक्षबाट बहस गर्न पाइएको १५ घण्टा समयमध्ये महान्यायाधिवक्तासहित सरकारी वकिलले सात घण्टा र प्रधानमन्त्रीका वकिलले सात घण्टा समय लिने गरी समय छुट्याइएको थियो। एक घण्टा भने सभामुखका वकिलका लागि निर्धारण गरिएको छ।

प्रकाशित मिति: १३:३९ बजे, बुधबार, असार १६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्