एमाले महाविधेशन आयोजक कमिटीको बैठक सुरु
काठमाडौं, असार १६ : नेकपा (एमाले) दशौं महाधिवेशन मूल आयोजक कमिटीको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ। आजको बैठकबाट दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी...
काठमाडौं, असार १६ : नेकपा (एमाले) दशौं महाधिवेशन मूल आयोजक कमिटीको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ।
आजको बैठकबाट दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी खारेज गरी केन्द्रीय कमिटी बैठक कायम गर्ने तयारी छ।
बैठकमा वरिष्ठ नेता माधवकुमार नेपालसहित कारबाही गरिएका एघार जना बाहेक सबैलाई बोलाइएको छ। तर माधव समूहका नेताहरु भने गएका छैनन् ।
गएको २८ फागुनमा अध्यक्ष केपी शर्मा ओलीले नवौं महाधिवेशनबाट निर्वाचित नेतृत्व खारेज गरी दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी गठन गरेका थिए ।
प्रकाशित मिति: १२:३१ बजे, बुधबार, असार १६, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











