राप्रपा दोलखाद्वारा आठ थान अक्सिजन कन्सन्ट्रेटर वितरण

दोलखा असार, १६ : राष्ट्रिय प्रजातन्त्र पार्टी दोलखाले जिल्लाका तीन स्थानीय तहका ८ वटा स्वास्थ्य चौकीलाई अक्सिजन कन्सन्ट्रेटर वितरण गरेको छ। समाजसेवी एवं राप्रपा केन्द्रिय कार्य सम्पादन समिति सदस्य सोभित उप्रेतीको पहलमा सो कन्सन्ट्रेटर नेपाल–चाइना ट्रेड एन्ड इन्ड्रस्ट्रियल एसोसिएसनले उपलब्ध गराएको हो।
राप्रपा दोलखाका अध्यक्ष राजन शिवाकोटीले समारेहकाबिच दोलखाका प्रमुख जिल्ला अधिकारी बासुदेब घिमिरेलाई ८ थान कन्सन्टेटर हस्तान्तरण गरेका हुन् । दोलखामा कोभिड महामारीसँग जुध्न सहज होस भन्दै अत्याबश्यक स्वास्थ्य सामाग्री वितरण गरिएको राप्रपा दोलखाले जनाएको छ ।
ती अक्सिजन कन्सन्ट्रेटर दोलखाका कालिञ्चोक , विगु र गौरीशंकर गाउँपालिकाका ८ वटा स्वास्थ्य चौकी सुस्पाक्षमावती, लामिडाँडा, सुन्द्रावती, कालिञ्चोक,लापिलाङ, झ्याँकु, विगू , तथा मार्बु स्वास्थ्यचौकीलाई वितरण गरिएको हो।











