Kathmandu Press

आज एमाले महाधिवेशन आयोजक कमिटीको बैठक बस्दै

काठमाडौं, असार १६ : नेकपा (एमाले) दशौं महाधिवेशन मूल आयोजक कमिटीको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागेको छ। मंगलबार साँझ बसेको एमाले स्थायी कमिटी बैठकले...
आज एमाले महाधिवेशन आयोजक कमिटीको बैठक बस्दै
फाइल फोटो

काठमाडौं, असार १६ : नेकपा (एमाले) दशौं महाधिवेशन मूल आयोजक कमिटीको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागेको छ। 

मंगलबार साँझ बसेको एमाले स्थायी कमिटी बैठकले पार्टी संरचना २०७५ जेठ २ कै अवस्थामा फर्काउने निर्णय गरेको छ। त्यहि अनुसार निर्णय गर्न अन्तिम पटक महाधिवेशन आयोजक कमिटीको बैठक बस्न लागेको हो। 

आज बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा महाधिवेशन आयोजक कमिटीको बैठक बस्ने एमाले प्रवक्ता प्रदीप ज्ञवालीले बताए। उनका अनुसार त्यसपछि असार १८ गते केन्द्रीय कमिटी बैठक बस्नेछ। 

आज बस्ने महाधिवेशन आयोजक कमिटी बैठकले सामान्य छलफल गर्नेछ। त्यसपछि महाधिवेशन आयोजक कमिटी विघटन भएको घोषणा गरिनेछ। 

एमाले वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले पार्टीलाई २०७५ जेठ २ गतेकै अवस्थामा फर्काउनु पर्ने माग गर्दै आएको छ। यसअघि नेपाल पक्षका काम ओलीले अस्वीकार गर्दै आएका थिए। 

अहिले भने स्थायी कमिटीले एकाएक केन्द्रीय कमिटीलाई ब्युँताउने निर्णय गरेको हो। स्थायी कमिटीमा ओली पक्षका नेता मात्रै सहभागी थिए। 

प्रकाशित मिति: ०७:२३ बजे, बुधबार, असार १६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्