Kathmandu Press

जर्मनीलाई हराउँदै इंग्ल्यान्ड क्वार्टरफाइनलमा

काठमाडौं, असार १६ : जर्मनीलाई हराउँदै इंग्ल्यान्ड युरो कपको क्वार्टरफाइनदमा प्रवेश गरेको छ। मंगलबार राति वेम्बलीमा भएको खेलमा जर्मनीलाई २–० ले हराउँदै इंग्ल्यान्ड क्वार्टरफाइनलमा प्रवेश...
जर्मनीलाई हराउँदै इंग्ल्यान्ड क्वार्टरफाइनलमा

काठमाडौं, असार १६ : जर्मनीलाई हराउँदै इंग्ल्यान्ड युरो कपको क्वार्टरफाइनदमा प्रवेश गरेको छ। 

मंगलबार राति वेम्बलीमा भएको खेलमा जर्मनीलाई २–० ले हराउँदै इंग्ल्यान्ड क्वार्टरफाइनलमा प्रवेश गरेको हो। अब इंग्ल्यान्डले सेमिफाइनल प्रवेशका लागि स्वीडेन र युक्रेनबीचका विजेतासँग खेल्नेछ।

जर्मनीविरुद्ध वेम्बलीमा पहिलो जित दिलाउने क्रममा इंग्ल्यान्डका रहिम स्टर्लिङ र ह्यारी केनले गोल गरे। ७५औं मिनेटमा स्टर्लिङले गोल गर्दै इंग्ल्यान्डलाई सुरुआती अग्रता दिलाए। उनले ज्याक ग्रेलिसको पासमा गोल गरेका थिए। जारी युरोकपमा स्टर्लिङको तेस्रो गोल हो।

८६औं मिनेटमा ह्यारी केनले गोल गरेपछि इंग्ल्यान्डले अग्रता दोब्बर बनायो। केनले पनि ग्रेलिसकै पासमा गोल गरेका थिए। इंग्लिस कप्तान केनको यो युरोकपमा पहिलो गोल हो।

खेलमा जर्मनीले पनि केही राम्रा अवसर गुमायो। पहिलो हाफमा टिमो वर्नरले वान टु वानमा गोल गर्न सकेनन्। उनको प्रहार इंग्ल्यान्डका किपर जोर्डन प्लिकफर्डले रोके। 

यस्तै दोस्रो हाफको सुरुआतमै काइ हार्भट्जको उत्कृष्ट प्रहारमा पनि प्लिकफर्ड नै बाधक बने। यस्तै, थोमस मुलरले पनि सुनौलो अवसर गुमाए।

प्रकाशित मिति: ०६:४१ बजे, बुधबार, असार १६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्