सर्वोच्चले अवैध मानेको एमालेको महाधिवेशन आयोजक कमिटी भंग, पुरानै संरचनामै फर्किने निर्णय
सर्वोच्च अदालतले अवैध भनेको एमालेको दशौँ महाधिवेशन आयोजक कमिटी भंग भएको छ । त्यससँगै २ जेठ ०७५ को अवस्थामा फर्किने निर्णय एमालेले गरेको छ।
काठमाडौं, असार १५ : सर्वोच्च अदालतले अवैध भनेको एमालेको दशौँ महाधिवेशन आयोजक कमिटी भंग भएको छ । त्यससँगै २ जेठ ०७५ को अवस्थामा फर्किने निर्णय एमालेले गरेको छ ।
मंगलबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको स्थायी कमिटीको बैठकले यस्तो निर्णय लिएको हो ।
उक्त बैठकको निर्णयअनुसार अब एमाले २ जेठ ०७५ को पार्टी संरचनामा फर्किएको छ । बैठकमा सहभागी एक स्थायी कमिटी सदस्यका अनुसार बुधबारका लागि बोलाइएको महाधिवेशन आयोजक कमिटीको बैठक भने नरोक्ने निर्णय भएको छ ।
एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीको कार्यशैलीप्रति असन्तुष्ट माधवकुमार नेपाल–झलनाथ खनाल समूहले पार्टीलाई २ जेठ ०७५ को अवस्थामा फर्काउन माग गर्दै आएको थियो । यसअघि सर्वोच्च अदालतले पनि दशौँ महाधिवेशन आयोजक कमिटीलाई अवैध बताउँदै नवौँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटी मात्र मान्य हुने आदेश दिएको थियो ।











