Kathmandu Press

डोटीमा जीप दुर्घटना, ६ घाइते, एक गम्भीर

सिलगढी, असार १६ : डोटीको आदर्श गाउँपालिकामा आज बिहान जीप दुर्घटना हुँदा ६ जना घाइते भएका छन्। एक जनाको अवस्था चिन्ताजनक रहेको छ।

आदर्श गाउँप....

डोटीमा जीप दुर्घटना, ६ घाइते, एक गम्भीर

सिलगढी, असार १६ : डोटीको आदर्श गाउँपालिकामा आज बिहान जीप दुर्घटना हुँदा ६ जना घाइते भएका छन्। एक जनाको अवस्था चिन्ताजनक रहेको छ।

आदर्श गाउँपालिकाबाट सायलतर्फ जाँदै गरेको से १ च ९१७ नं. को जीप गजेडामा दुर्घटना भएको हो। दुर्घटनामा घाइते भएकामध्ये चालक कटक सितालको अवस्था चिन्ताजनक रहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी लालबहादुर धामीले बताए।

भिरालो तथा चिप्लो सडक भएका कारण दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ। घाइतेलाई उपचारका लागि अस्पताल ल्याउन लागिएको छ।

जीप सडकबाट करीब पाँच सय मिटर तल खसेको छ।

प्रकाशित मिति: १२:२१ बजे, सोमबार, असार १६, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्