प्रधानमन्त्रीले शिक्षामन्त्री श्रेष्ठलाई सचेत गराउँदै भने,-आइन्दा त्यस्तो गल्ती नगर्नु
काठमाडौं, असार १५ : प्रधानमन्त्री केपी शर्मा ओलीले जातिय विभेद गरेको आरोपमा थुनामा रहेकी सरस्वती प्रधानलाई छुटाउन प्रहरी चौकीमै शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठ...
काठमाडौं, असार १५ : प्रधानमन्त्री केपी शर्मा ओलीले जातिय विभेद गरेको आरोपमा थुनामा रहेकी सरस्वती प्रधानलाई छुटाउन प्रहरी चौकीमै शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठ पुगेकोमा त्यस्तो गतिविधि नगर्न ध्यानाकर्षण गरेका छन्।
जातिय विभेदको अन्त्यका लागि सरकारले नै ऐन नियम बनाउने अनि सरकारकै मन्त्रीले त्यसको कार्यान्वयन गराउनुको सट्टा विभेदमा संलग्नलाई संरक्षण दिने काम भएको भन्दै मन्त्री र सरकारको चौतर्फी विरोध भइरहेका बेला प्रधानमन्त्रीले सम्बन्धित मन्त्रीलाई आइन्दा त्यस्तो गल्ती नगर्न भन्दै सचेत गराएका हुन् ।
रूपा सुनारले थरकै आधारमा बबरमहलमा कोठा पाएकी थिइनन्। आफूमाथि जातीय विभेद भएको भन्दै सुनारले मुद्दा दिएपछि प्रहरीले घरबेटी प्रधानलाई नियन्त्रणमा लिएको थियो। प्रहरीबाट छुटाउन मन्त्री श्रेष्ठ प्रहरी चौकी पुगेपछि आलोचना भएको थियो।
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री लीलानाथ श्रेष्ठले मंगलबार मन्त्रालयमा गरेको पत्रकार सम्मेलनमा पत्रकारहरुले जातिय विभेद गरेको आरोप लागेकी सरस्वती प्रधानलाई छुटाउन मन्त्री स्वयम् प्रहरी कार्यलय पुगेको र आफ्नै सवारी साधनमा चढाएर लगेको प्रसंग उल्लेख गर्दै कानुन कार्यान्वयनमा सन्देह जनाएपछि मन्त्री श्रेष्ठले त्यसबारे प्रधानमन्त्रीले नै सम्बन्धित मन्त्रीको ध्यानाकर्षण गराएको बताए ।











