Kathmandu Press

माओवादीले कारबाही गरेका दुई जनप्रतिनिधिलाई पुनवर्हाली गर्न सर्वोच्चको आदेश

काठमाडौं, असार १५ : माओवादी केन्द्रले कारबाही गर्दै पदबाट हटाएका दुई जनप्रतिनिधिलाई कामकाज गर्न दिन सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ ।न्यायाधीश...
माओवादीले कारबाही गरेका दुई जनप्रतिनिधिलाई पुनवर्हाली गर्न सर्वोच्चको आदेश

काठमाडौं, असार १५ : माओवादी केन्द्रले कारबाही गर्दै पदबाट हटाएका दुई जनप्रतिनिधिलाई कामकाज गर्न दिन सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ ।

न्यायाधीश कुमार चुँडालको एकल इजलासले मंगलबार रौतहटको मौलापुर नगरपालिकाकी मेयर रिनाकुमारी साह र कटहरिया नगरपालिकाका मेयर सियाराम कुशवाहलाई पदमुक्त गर्ने निर्वाचन आयोगको निर्णय तत्काल कार्यन्वयन नगर्न आदेश दिएको हो ।

सर्वोच्चले नेकपा माओवादी केन्द्र छाडेर अर्को दल गठन गरेको वा अर्को दलमा प्रवेश गरेको यकिन हुन नसकेको भन्दै मेयर पदमा पुनर्वहाली गरिदिएको छ ।

नेकपा माओवादी केन्द्रले गत वैशाख १४ गते निर्वाचन आयोगमा मेयर साह र कुशवाहसहित विभिन्न जिल्लाका १४ जना स्थानीय जनप्रतिनिधिले दल त्याग गरेर एमालेमा प्रवेश गरेको भन्दै पदमुक्त गर्न पत्र पठाएको थियो ।

माओवादी केन्द्रको पत्रका आधारमा आयोगले असार ११ गते उनीहरू पदमुक्त भएको सूचना निकालेको थियो ।
 

प्रकाशित मिति: १८:३३ बजे, मंगलबार, असार १५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्