उपत्यकामा ४५८ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं, असार १५ : काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ४५८ जना कोरोना भाइरसका संक्रमित थपिएका छन्।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा ३०२, भक्तपुरमा...
काठमाडौं, असार १५ : काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ४५८ जना कोरोना भाइरसका संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा ३०२, भक्तपुरमा ५६ र ललितपुरमा १०० संक्रमित थपिएका हुन्।
मन्त्रालयका अनुसार काठमाडौंमा ४५७३, भक्तपुरमा १६५० र ललितपुरमा २१०७ जना सक्रिय संक्रमित छन्।
पछिल्लो २४ घण्टामा देशभर २६३६ जना संक्रमित थपिएका छन् भने २० जनाको कोरोनाबाट मृत्यु भएको छ ।
प्रकाशित मिति: १७:११ बजे, मंगलबार, असार १५, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











