अब नेपाल एयरलाइन्सले हुलाकका चिठ्ठीपत्र ओसार्ने

काठमाडौं, असार १५ : हुलाक सेवा विभागका चिठ्ठीपत्र तथा कार्गो नेपाल एयरलाइन्स्बाट ओसार–पसार गरिने भएको छ।
थाई एयरले गरिरहेको यो काम अब नेपाल एयरलाइन्सले गर्ने गरी मंगलबार नेपाल वायुसेवा निगम र हुलाक सेवा विभागबीच सम्झौता भएको छ।
अन्तर्राष्ट्रिय क्षेत्रमा सामान तथा चिठ्ठीपत्र ओसार प्रसार गर्ने सम्वन्धी सम्झौतामा हस्ताक्षर भएको नेपाल वायुसेवा निगमले जनाएको छ ।
सम्झौतामा नेपाल वायुसेवा निगमको तर्फबाट महाप्रबन्धक डिम प्रकाश पौडेल र हुलाक सेवा विभागका तर्फबाट महानिर्देशक आभा श्रेष्ठ कर्णले हस्ताक्षर गरे।
नयाँ सम्झौता अनुसार सन् २०२१ जुलाई १ देखि लागू हुनेछ । हुलाक सेवा विभागले सेवा प्रदान गर्ने र नेपाल वायुसेवा निगमका उडान हुने सम्पूर्ण गन्तव्यमा अब निगम मार्फत मात्र सामान तथा चिठ्ठीपत्र ढुवानी हुने भएका हुन् ।
प्रकाशित मिति: १६:०४ बजे, मंगलबार, असार १५, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











