Kathmandu Press

ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुईको मृत्यु

नवलपरासी, असार १६ : ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा आज बिहान दुई जनाको मृत्यु भएको छ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको कावासोत....

ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुईको मृत्यु

नवलपरासी, असार १६ : ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा आज बिहान दुई जनाको मृत्यु भएको छ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको कावासोती-८, स्थित जङ्गलमा लु २ ख १० नम्बरको ट्रकले लु ४९ प ३६२५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो।

दुर्घटनामा मोटरसाइकल चालक रुपन्देही देवदह नगरपालिका-७ बस्ने २७ वर्षीय मिलन भट्टराई र मोटरसाइकलमा सवार ३३ वर्षीय तारा पोख्रेलको मृत्यु भएको प्रहरीले जनाएको छ।

ट्रकको ठक्करबाट गम्भीर घाइते भएका दुवैलाई उपचारका लागि कालीगण्डकी अस्पताल कावासोतीमा लगिएको थियो।

दुवै जनाको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी नायब उपरीक्षक अर्जुन रानाभाटले बताए।

ट्रक चालक र ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रकाशित मिति: १०:४७ बजे, सोमबार, असार १६, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्