Kathmandu Press

युरो कप : आठ गोल भएको खेलमा स्पेन विजयी, क्रोसिया बाहिरियो

काठमाडौं, असार १५ : तीन पटकको च्याम्पियन्स स्पेन युरो कपको क्वाटरफाइनलमा प्रवेश गरेको छ। सोमबर राति कोपनहेगनमा भएको खेलमा क्रोएसियामाथि ५–३ को जित निकाल्दै...
युरो कप : आठ गोल भएको खेलमा स्पेन विजयी, क्रोसिया बाहिरियो

काठमाडौं, असार १५ : तीन पटकको च्याम्पियन्स स्पेन युरो कपको क्वाटरफाइनलमा प्रवेश गरेको छ। सोमबर राति कोपनहेगनमा भएको खेलमा क्रोएसियामाथि ५–३ को जित निकाल्दै स्पेन अन्तिम ८ मा पुगेको हो।

स्पेनको जितमा पाब्लो साराबिया, फेरान टोरेस, सेसर एपिलिजिक्वेटा, अल्भारो मोराटा, मिकेल ओयासाबेलले गोल गरे भने क्रोएसियाका मारिओ प्लासिच र मिस्लाभ ओर्सिचले गोल गरेका थिए। 

खेलको निर्धारित समय ३–३ गोलको बराबरीमा सकिएको थियो। अतिरिक्त समयमा २ गोल गरेपछि स्पेनले ५–३ को जित निकालेको हो।

२०औं मिनेटमा पेड्रीले मैदानको बीच भागबाट गोलरक्षक उनाइ सिमोनलाई दिएको पास गोलकपिरले रोक्न नसकेपछि क्रोएसियाले सुरुआतमै अग्रता लियो। तर, ३८औं मिनेटमा पाब्लो सराबियाले गोल गर्दै स्पेनलाई बराबरीमा ल्याए। 

५७औं मिनेटमा  एपिलिजिक्वेटाले गोल गर्दै स्पेनलाई २–१ को अग्रता दिलाएका थिए। त्यसको ५ मिनेटपछि स्पेनले अग्रता दोब्बर पार्‍यो। पाउ टोरेसको लामो पासलाई पेनाल्टी क्षेत्रभित्र उत्कृष्ट ढंगले नियन्त्रणमा लिँदै फेरान टोरेसले गोल गरेका थिए। 

८५औं मिनेटमा ६ यार्ड बक्सभित्र मिस्लाभ ओर्सिचले गोल गर्दै क्रोएसियालाई ३–२ को स्थितिमा ल्याए। इन्ज्युरी समयको दोस्रो मिनेटमा प्लासिचले गोल गर्दै खेल ३–३ को बराबरीमा ल्याए। 

खेलको १००औं मिनेटमा मोराटाले गोल गर्दै स्पेनलाई पुनः अग्रता दिलाए। ड्यानी ओल्मोले दायाँ विंगबाट दिएको क्रस मोराटाले पहिलो नियन्त्रणमा लिँदै भलीमार्फत् गोल गरे। त्यसको तीन मिनेटपछि मिकेल ओयासाबेलले गोल गरेपछि स्पेन ५–३ ले विजयी भयो।

प्रकाशित मिति: ०६:५९ बजे, मंगलबार, असार १५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्