सेक्स ट्वाय पसलले कसरी यौनशिक्षा प्रवर्द्धन गरेको छ ?
हङकङ : भिरा लुइ विङ–हाङ ‘सेक्स ट्वाय’को पसल चलाउँछिन् । लुइलाई पहिलो पटक ‘ब्वाइफ्रेन्ड’ले त्यस्तो खेलौना दिएका थिए ....
हङकङ : भिरा लुइ विङ–हाङ ‘सेक्स ट्वाय’को पसल चलाउँछिन् । लुइलाई पहिलो पटक ‘ब्वाइफ्रेन्ड’ले त्यस्तो खेलौना दिएका थिए । त्यपछि उनको सोंच परिवर्तन भयो।
लुइ विद्यालयमा यौन शिक्षाको अभाव हुने बताउँछिन् । भाइब्रेटर र अन्य सेक्स ट्वायले व्यक्तिको शरिरबारे बुझ्न र सम्बन्ध सहजिकरण गरेको देख्दा उनी आश्चर्य मान्छिन् ।
यौनिकता सम्बन्धी सिकाइ अरूलाई बाँड्ने चाहनाले लुइले सन् २०१० मा महिलामैत्री सेक्स ट्वाय सप खोलिन्।
निजी शपिङको अनुभवसँगै पसलले शिक्षा पनि दिन्छ । ‘दश वर्षअघि, अधिकांश सेक्स ट्वाय पसल पुरूष लक्षित थिए । त्यस्ता पसल जाँदा महिलालाई अप्ठ्यारो र असहज लाग्नसक्छ,’ स्यालीज ट्वाय पसल सञ्चालक लुइ विङ–हाङले बताइन् । ‘हङकङ लगायत एशियाको अधिकांश स्थानमा सेक्स अझै पनि ट्याबु हो।’
एक दशकयता सेक्स ट्वायको बजार बढ्दो छ । लुइले पनि चारवटा शाखा विस्तार गरेकी छिन् । २४ वर्षिया ग्राहक एस्थर लले आधुनिक सेक्स ट्वाय पसल स्टाइलिस र विलासी देखिने बताउँछिन् । ‘परम्परागत पसलमा अग्रभागमै ठूलाठूला भाइब्रेटर सजाएर राखिन्थे । त्यो घिनलाग्दो थियो।
’उनी नियमित ग्राहक हुन् । उनी भन्छिन्, ‘यहाँका कर्मचारीले यौनबारे स्वस्थ र पेशागत रूपमा बोलेको देख्दा मलाई खुशी लाग्छ ।’ ‘मलाई पसल छिर्न डर लाग्थ्यो । म आफैं पनि एउटा सेक्स ट्वाय पसल चलाउन चाहन्थें । एक पटक अलि पाका उमेरका व्यक्तिले मेरो छातीमा एकोहोरो घुरेर हेरे । मानौं सेक्स ट्वाय किन्ने महिलाले कुनै गल्ती गरेका हुन् । त्यो एकदमै अप्ठ्यारो अनुभव थियो ।’
कजवे बे र सेन्ट्रल वरपर सेक्स ट्वायका कम्तिमा १३ ओटा अनुमतिप्राप्त खुद्रा पसल छन् । चिम चा चुइमा पनि थोरैमा आठोटा छन् । जोर्डनको टेम्पल स्ट्रिटमा थुप्रै अनलाइन पसल र बिक्रेता छन्।
अध्ययनहरूले ‘बेडरूम’को अनुभवबाट हङकङेलकी संख्या बढ्दै गएको देखाएका छन् । हङकङ सेक्स एजुकेसन एसोसिएसनले सन् २०१७ मा गरेको एउटा सर्वेक्षणमा तीनमध्ये एक हङकङेली मात्रै यौन जीवनबाट सन्तुष्ट भएको देखिएको छ । उक्त अनलाइन सर्वेक्षणमा एक हजार ७१ जना सहभागी थिए । तीमध्ये ३० प्रतिशतले मात्रै आफ्नो यौन जीवनबाट सन्तुष्ट भएको बताएका थिए।
युरोप र अमेरिकाको तुलनामा यो निकै कम हो । त्यहाँ करिब ५० प्रतिशत मानिस यौन जीवनबाट सन्तुष्ट छन् । धेरैले कामको तनावले यौन जीवनको गुणस्तरमा प्रभाव परेको बताएका छन् ।
हङकङ सेक्स कल्चरल फेस्टिभलका संस्थापक तथा प्राध्याक उङ मान–इउनले पढाइको तनाव र शहरको परम्परागत सँस्कृतिका कारण धेरै युवाको यौन जीवन सन्तोषजनक नभएको बताए ।
जस्टिन हो–तिङ चुले युनिभर्सिटी अफ हङकङबाट हालै मात्र ग्राजुएसन गरेका छन् । उनी टेक टोय नामक सेक्स ट्वाय पसलमा पार्ट–टाइम काम गर्छन् । ग्राहकसँग दैनिक अन्तरक्रिया गरेर सेक्स ट्वाय सम्बन्धी लाञ्छना हटाउन चाहन्छन्।
पसलमा काम गरेको दुई वर्षको अनुभवको आधारमा यौन स्वास्थ्य र वैवाहिक जीवनमा सहयोग पु¥याउन धेरैभन्दा धेरै उत्पादक र खुद्रा व्यवसायीले उनीहरूको उत्पादन ‘रिब्रान्डिङ’ गरिरहेको चुले बताए।
‘एसियाको अधिकांश परम्परागत न्यायप्रणालीमध्ये हङकङको कानून प्रणाली अन्तर्गत अश्लिलता र अभद्र व्यवहारको परिभाष तुलनात्मक रूपले उदार छ–कम्तिमा कोरिया र सिंगापुरको तुलनामा,’ चुले भने।
‘यौन उत्पादन सम्बन्धी मानिसको सोंच परिवर्तन गरे अझ फराकिलो बजार पुग्ने व्यावसायिक रणनीति हुनसक्छ।’
टेक ट्वायजले वान चाइ, जोर्डन र शाम शुइ पोमा नौ ओटा पसल सञ्चालन गरेको छ । पारलिंगी बजार लगायत उनीहरूले वृहत उत्पादन बिक्री गर्छन् ।
चु विद्यावारिधी गर्ने तयारीमा छन् । सेक्स ट्वायजको डिजाइन र बजार प्रवद्र्धन सम्बन्धी शीर्षकमै उनी अनुसन्धान गर्न चाहन्छन् । उनी सेक्सुअल थेरापिस्ट बन्न चाहन्छन् ।
‘सेक्स ट्वाय पसलभित्र कहिले प्रवेश नगरेका र नदेखेकाले मात्रै यसलाई नराम्रो दृष्टिकोणले हेर्छन्,’ चुले बताए।