शुल्क लिएर कोरोनाविरुद्धको खोप उपलब्ध गराउनेमाथि कारबाही गरिने
काठमाडौं, असार १४ : शुल्क लिएर कोरोनाविरुद्धको खोप उपलब्ध गराउनेमाथि सरकारले कारबाही गर्ने चेतावनी दिएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक सुचना जारी गर्दै...
काठमाडौं, असार १४ : शुल्क लिएर कोरोनाविरुद्धको खोप उपलब्ध गराउनेमाथि सरकारले कारबाही गर्ने चेतावनी दिएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक सुचना जारी गर्दै उमेर समूह र अत्यावश्यक क्षेत्र अनुसार खोप वितरण भइरहेकोले शुल्क लिएर खोप लगाउनेमाथि कारबाही गर्ने चेतावनी दिएको हो ।
‘सरकारले कोरोना भाइरस विरुद्धको खोप निःशुल्क विवरण गर्दै आइरहेको छ,’ सूचनामा भनिएको छ,‘त्यसैले कसैले पनि शुल्क मागेर खोप उपलब्ध गराउने कुरा गरेमा वा त्यस्ता ठगी गर्नेको जानकारी तुरुन्तै स्थानीय प्रशासन वा मन्त्रालयमा उजुरी गरौैं।’
यस्तै, मन्त्रालयले पैसा तिरेर खोप किन्न हतार नगर्न अनुरोधसमेत गरेको छ। सरकारले यही असार २२ गतेबाट पुनः ६० वर्षदेखि ६४ वर्ष उमेर समूहका ज्येष्ठ नागरिकलाई भेरोसेलको दोस्रो मात्राको खोप लगाइँदैछ।

प्रकाशित मिति: १९:४९ बजे, सोमबार, असार १४, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











