Kathmandu Press

ओली र राष्ट्रपति मिलेर पदीय गरिमालाई नै समाप्त पार्नुभयो : देउवा 

राष्ट्रपतिले संविधानको धारा ७६ को उपधारा ५ अनुसार सरकार बनाउनु भनेर आह्वान गरेको तर त्यसै अनुसार गर्दा पनि राष्ट्रपतिले स्वीकार नगर्नु बहुमत प्राप्त नेतालाई नमानेर एकै पटक ओलीको पक्षमा उनको कार्यकर्ता जस्तो बनेर निर्णय गर्ने काम भएको उनको भनाइ थियो ।
ओली र राष्ट्रपति मिलेर पदीय गरिमालाई नै समाप्त पार्नुभयो : देउवा 

काठमाडौं, असार १४ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधानले दिएको राष्ट्रपतिको पदीय जिम्मेवारी र कर्तव्य पूरा नगरेर राष्ट्रपति भण्डारीले पदीय गरिमालाई नै समाप्त पारेको बताएका छन् ।

सोमबार संघीय संसद भवनमा विपक्षी गठबन्धनले गरेको बुद्धिजीवीसँगको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले राष्ट्रपति स्वयंले पनि आफूले बोलेको कुरा नपुर्‍याएको बताए ।

राष्ट्रपतिले संविधानको धारा ७६ को उपधारा ५ अनुसार सरकार बनाउनु भनेर आह्वान गरेको तर त्यसै अनुसार गर्दा पनि राष्ट्रपतिले स्वीकार नगर्नु बहुमत प्राप्त नेतालाई नमानेर एकै पटक ओलीको पक्षमा उनको कार्यकर्ता जस्तो बनेर निर्णय गर्ने काम भएको उनको भनाइ थियो ।

नेपालको न्यायालयबाट सही फैसला हुने भन्दै अदालतले सही निर्णय गर्ने बताएका छन् । संविधानको अन्तिम व्याख्या गर्ने संस्था अदालत भएको र न्यायालयको निष्पक्षता तथा स्वतन्त्रतामा विश्वास गर्ने उल्लेख गर्दै उनले संविधानमा भएको व्यवस्थाअनुसार नै अदालतको फैसला आउनेमा आफूहरु विश्वस्त रहेको बताए ।

सुनुवाइ समितिबाट सुनुवाइ नभई आफैं अनुमोदन हुने व्यवस्था हटाएर भए पनि भएका सबै निर्णयहरू खारेज हुने दाबी छ । फरक प्रसंगमा उनले आफ्नो सरकार बनेपछि पहिलो प्राथमिकता कोरोनाविरूद्धको खोप ल्याउने हुने समेत बताए।
 
प्रकाशित मिति: १९:३९ बजे, सोमबार, असार १४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्