Kathmandu Press

ओलीका पहिलेदेखिका भाषण खोज्दैछुः माधव नेपाल

राजनीतिमा सिस्टम बसाएर मात्र नहुने रहेछ भन्ने देखिएको उल्लेख गर्दै नेपालले राजनीति गर्न राम्रो संस्कार पनि आवश्यक हुने औंल्याए । ‘हामी आफैँ अरूलाई भन्छौं, आफू मान्दैनौँ । यसमा नम्बर वान सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली हुनुहुन्छ,’ उनले भने ।
ओलीका पहिलेदेखिका भाषण खोज्दैछुः माधव नेपाल
माधवकुमार नेपाल।

काठमाडौं, असार १४ : पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफूले प्रधानमन्त्री केपी ओलीका विगतदेखिका भाषण खोजी गरिरहेको बताएका छन्।

नागरिक समाजका अगुवाहरूसँग नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा अन्तक्र्रियाका क्रममा नेपालले ओलीका सबै भाषण रेकर्ड गरेर राख्न आग्रह गरे ।

राजनीतिमा सिस्टम बसाएर मात्र नहुने रहेछ भन्ने देखिएको उल्लेख गर्दै नेपालले राजनीति गर्न राम्रो संस्कार पनि आवश्यक हुने औंल्याए । ‘हामी आफैँ अरूलाई भन्छौं, आफू मान्दैनौँ । यसमा नम्बर वान सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली हुनुहुन्छ,’ उनले भने ।

विपक्षी गठबन्धनमा आफ्नो अवस्था अरू नेताहरू भन्दा फरक रहेको उनले सम्झाए । र, आफू पार्टी नेताको हैसियतमा नआएको प्रष्ट्याए । र, दृढता व्यक्त गरे, ‘अप्ठ्यारो अवस्थामा रहेको व्यक्ति, नेता वा विचार समूहको रूपमा आएको छु । यो गठबन्धन संविधानको रक्षाका लागि हो र यसमा विचलित हुने छैन ।’

बानी र पानी माथिबाट तल झर्ने उल्लेख गर्दै नेपालले प्रधानमन्त्री ओलीले धेरै काम गरिरहेकाले उनीबाट सिक्नुपर्ने पनि धेरै रहेको बताउँदै व्यंग्य गरे । ‘मलाई बौलाहा कुकुरले टोकेको छ र भनेर उहाँले कति राम्रो कुरा गर्नुभएको छ,’ नेपालले भने ।
 
प्रकाशित मिति: १८:०७ बजे, सोमबार, असार १४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्