Kathmandu Press

काठमाडौं उपत्यकामा ५ सय १४ जनामा संक्रमण पुष्टि

काठमाडौं, असार १४ : पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ५ सय १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।उपत्यकाका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणले उक्त...
काठमाडौं उपत्यकामा ५ सय १४ जनामा संक्रमण पुष्टि

काठमाडौं, असार १४ : पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ५ सय १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

उपत्यकाका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणले उक्त संख्यामा कोरोना संक्रमण पुष्टि भएको देखाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार उपत्यकामा पनि काठमाडौं जिल्लामा सबैभन्दा बढी ३ सय ५५ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै ललितपुर जिल्लाका १ सय १२ र भक्तपुर जिल्लाका ४७ जनामा संक्रमण पुष्टि भएको छ।

काठमाडौंमा ४ हजार ४ सय ५३, भक्तपुरमा १ हजार ७ सय ३८ र ललितपुरमा २ हजार २ सय ६ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा मात्र कोरोना संक्रमणबाट २ हजार ७ सय ७५  जनाको ज्यान गइसकेको छ। जसमा काठमाडौंमा १ हजार ८ सय ७०, ललितपुरमा ३ सय ६४ र भक्तपुरमा ५ सय ४१ जना रहेका छन्।

प्रकाशित मिति: १७:१८ बजे, सोमबार, असार १४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्