Kathmandu Press

ओलीलाई कांग्रेस प्रवक्ताको प्रश्न : अभिव्यक्तिमा चरम आवेगको यो कस्तो भेरिएन्ट?

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्री केपी ओलीले सोमबार स्वर्गीय मदन भण्डारीको जन्मजयन्तीका अवसरमा आयोजित समारोहमा दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् ।
ओलीलाई कांग्रेस प्रवक्ताको प्रश्न : अभिव्यक्तिमा चरम आवेगको यो कस्तो भेरिएन्ट?

काठमाडौं, असार १४ : कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्री केपी ओलीले सोमबार स्वर्गीय मदन भण्डारीको जन्मजयन्तीका अवसरमा आयोजित समारोहमा दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् ।

प्रवक्ता शर्माले ट्विट गर्दै पूर्वप्रधानमन्त्री माधवकुमार नेपालप्रति दिएको अभिव्यक्ति अशोभनीय भएको बताएका छन् ।

उनले पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डप्रति ओलीको टिप्पणीप्रति पनि आपत्ति जनाएका छन् ।

‘प्रचण्डसँग एमालेको एकता ठीक, कांग्रेसको कुरा मुद्दामा मिल्दा बेठीक ? साथ छँदा आन्द्रा गाँस्ने, साथ छुट्दा आन्द्रै निकाल्ने अलि अप्रिय भएन र ?’ शर्माले प्रश्न गरेका छन्, ‘अझ माधव नेपालप्रतिको टिप्पणी शोभनीय मानौं कि दयनीय ? सम्माननीय, विनम्रसँग सोध्छु अभिव्यक्तिमा चरम आवेगको यो कस्तो भेरिएन्ट ?’
 

प्रकाशित मिति: १७:१७ बजे, सोमबार, असार १४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्