Kathmandu Press

कोरोना अपडेट : थपिए २४४४ संक्रमित, निकाे हुने ३८५३ जना, ४२ को मृत्यु

नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ९ हजार ५१ पुगेको छ।
कोरोना अपडेट : थपिए २४४४ संक्रमित, निकाे हुने ३८५३ जना, ४२ को मृत्यु

काठमाडौं, असार १४ : पछिल्लो २४ घन्टामा २ हजार ४ सय ४४ कोरोना संक्रमित थपिएका छन्।

११ हजार ६ सय ४० जनामा गरिएको परीक्षणबाट उक्त संख्यामा संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार ६ हजार ६ सय ४८ पिसिआर परीक्षणबाट १ हजार ५ सय ९ जनामा केरोना संक्रमण पुष्टि भएको थियो।

त्यस्तै ४ हजार ९ सय ९२ एन्टिजेन परीक्षणबाट ९ सय ३५ जनामा कोरोना पुष्टि भएको मन्त्रालयकाे भनाइ छ।

सोही अवसधिमा ३ हजार ८ सय ५३ जना कोरोना संक्रमणबाट मुक्त भएको मन्त्रालयले जनाएको छ। याेसहित नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ५ लाख ८८ हजार १ सय ८७ पुगेको छ।

सोही अवधिमा कोरोना संक्रमणबाट ४२ जनाको मृत्यु भएको मन्त्रालयले जनाएकाे छ। योसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ९ हजार ५१ पुगेको छ।

प्रकाशित मिति: १७:०२ बजे, सोमबार, असार १४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्