Kathmandu Press

कोरोनाको दुवै डोज खाेप लगाई विदेशबाट आएकाहरूले सोझै घर जान पाउने

काठमाडौं, असार १४ : कोभिड-१९ खोपको दुबै डोज लगाएर नेपाल आएका नागरिकहरु सिधै घर जान पाउने भएका छन्।सरकारले विदेशबाट आएका नागरिकहरुलाई सेल्फ क्वारेन्टिनमा...
कोरोनाको दुवै डोज खाेप लगाई विदेशबाट आएकाहरूले सोझै घर जान पाउने

काठमाडौं, असार १४ : कोभिड-१९ खोपको दुबै डोज लगाएर नेपाल आएका नागरिकहरु सिधै घर जान पाउने भएका छन्।

सरकारले विदेशबाट आएका नागरिकहरुलाई सेल्फ क्वारेन्टिनमा बस्नेगरी सिधै घर जान दिने व्यस्था गरेको हो। जसअन्तर्गत कोभिड परीक्षणको रिपोर्ट नेगेटिभ लिएर हवाई मार्गबाट नेपाल आउने सबैले सेल्फ क्वारेन्टिनमा बस्नेगरि सिधै घर जान पाउनेछन्।

उक्त व्यवस्थाका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ‘विदेशबाट नेपाल आगमन हुने व्यवस्थासम्बन्धी आदेश २०७८’ जारी गरेको छ।

Hardik ivf

विदेशबाट आउने सबै यात्रुको साथमा भने ७२ घण्टाभित्रको पीसीआर परीक्षण गरी नतिजा नेगेटिभ आएको रिपोर्ट साथमा बोक्नुपर्नेछ। यससँगै विदेशमा खोप नलगाए पनि नेपाल आउने यात्रुले अब ;ft दिन मात्र होटल क्वारेन्टिन बसे पुग्नेछ।

यात्रुले पीसीआर रिपोर्टसहित कोभिड–१९ संकट व्यवस्थापन केन्द्र -सीसीएमसी_ को वेबसाइटमा रहेको फारfम भरेको यकिन भएका आधारमा एयरलाइन्स कम्पनीले जहाज चढाउन सक्नेछन् । 

तर आफ्नो रीतिरिवाजअनुसार अन्तिम संस्कारमा भाग लिन आउने नेपाली यात्रुको हकमा भने स्थानीय तह वा सीसीएमसीको सिफारि;मा एन्टिजेन परीक्षण गरी नेगेटिभ रिपोर्ट आएमा सीधै घर जान दिइनेछ।

अशक्त, दीर्घरोगी, फरक क्षमता भएका व्यक्ति र बिरामीको कुरुवा -कम्तीमा दुईजना_ लाई समेत अस्पतालको आधिकारिक कागजातका आधारमा एन्टिजेन परीक्षण गरी घर जान दिने भएको हो।

यस्तै ७० वर्ष माथिका ज्येष्ठ नागरिक, पाँच वर्षमुनिका बालबालिका र नाबालकका बुबाआमालाई समेत एन्टिजेन परीक्षण गरी घर जान दिइनेछ । यी सबै वर्गको एन्टिजेन परीक्षण पोजेटिभ आएमा भने आइसोलेसन सेन्टर वा अस्पताल पठाइनेछ।

यस्ता यात्रुले विमानस्थलमा भरेको फारमका आधारमा स्थानीय सरकारले उनीहरु क्वारेन्टिन बसेनबसेको अनुगमन गर्ने भएको छ। यसअघि विदेशबाट आउने सबै यात्रुले अनिवार्य होटल क्वारेन्टिन बस्नुपर्ने प्रावधान रहेको थियो।

विदेशबाट नेपाल आउने नागरिकले पालना गर्नुपर्ने ११ सर्त

प्रकाशित मिति: १५:४३ बजे, सोमबार, असार १४, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्