Kathmandu Press

स्वयंसेवीले खाना पकाउने ठाउँ खाली गराउन प्रहरीको बल प्रयोग

स्वयंसेवीहरूको समूह ‘हाम्रो टिम नेपाल’का सदस्यले खाना पकाउने ठाउँ खाली गराउन प्रहरीले बल प्रयोग गरेको छ । निषेधाज्ञाका बेला निम्न आर्थिक अवस्थाका परिवारलाई खाना खुवाउने ठाउँ भृकुटीमण्डपमा पनि प्रहरीले हस्तक्षेप गरेको छ ।
स्वयंसेवीले खाना पकाउने ठाउँ खाली गराउन प्रहरीको बल प्रयोग

काठमाडौं, असार १४ : स्वयंसेवीहरूको समूह ‘हाम्रो टिम नेपाल’का सदस्यले खाना पकाउने ठाउँ खाली गराउन प्रहरीले बल प्रयोग गरेको छ । निषेधाज्ञाका बेला निम्न आर्थिक अवस्थाका परिवारलाई खाना खुवाउने ठाउँ भृकुटीमण्डपमा पनि प्रहरीले हस्तक्षेप गरेको छ ।

त्यस क्रममा प्रहरीले अनामनगरस्थित खाना पकाउने र कपडा बैंक भएको स्थानबाट १६ जनालाई पक्राउ गरेको छ ।

प्रहरीको लाठी चार्चबाट हाम्रो टिमकी सदस्य सपना रोका मगर, अंश यादवलगायत घाइते भएका छन् ।

अनामनगरस्थित उक्त समूहको कार्यालय प्रहरीले भत्काउने प्रयास गरेको थियो । कार्यालयमा रहेका सबै सामान प्रहरीले कब्जा गरेको उक्त समूहले बताएको छ ।
 

प्रकाशित मिति: १४:५६ बजे, सोमबार, असार १४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्