प्रतिनिधिसभा विघटनविरुद्ध पाँच विद्यार्थी संगठनको आन्दोलन घोषणा
प्रमुख पाँच विद्यार्थी संगठनले प्रतिनिधिसभा विघटनविरुद्ध देशव्यापी प्रदर्शन गर्ने भएका छन् ।
काठमाडौं, असार १४ : प्रमुख पाँच विद्यार्थी संगठनले प्रतिनिधिसभा विघटनविरुद्ध देशव्यापी प्रदर्शन गर्ने भएका छन् ।
नेविसंघ, अनेरास्ववियू (क्रान्तिकारी), अनेरास्ववियु, समाजवादी विद्यार्थी युनियन, अखिल छैटौँले आन्दोलन घोषणा गरेका हुन् ।
प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटहरूमाथि सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ जारी छ। स्वतन्त्र अदालको निर्णयमाथि सरकारले हस्तक्षेप गर्न खोजेको उल्लेख गर्दै पाँच विद्यार्थी संगठनले दबाब आन्दोलन घोषणा गरेका हुन् ।
संवैधानिक व्यवस्थाअनुसार अदालतले प्रतिनिधिसभा पुनःस्थापना गर्ने विश्वास विद्यार्थी संगठनहरूले व्यक्त गरेका छन्।
मन्त्री पदको मर्यादासमेत ख्याल नगरी शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले संविधान र कानूनलाई चुनौति दिनेगरी गरेको हस्तक्षेपप्रति विरोध जनाउँदै विद्यार्थी संगठनहरूले दलित आन्दोलनप्रति ऐक्यबद्धता जनाएका छन्।











