बाबुरामले हलो जोते (तस्वीरहरूसहित)
काठमाडौं, असार १५ : पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले आइतबार आफ्नै गृहजिल्ला गोरखामा हलो जोतेका छन्।
गोरखाको पालुङटार नगरपालिका वडा नं. ....

काठमाडौं, असार १५ : पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले आइतबार आफ्नै गृहजिल्ला गोरखामा हलो जोतेका छन्।
गोरखाको पालुङटार नगरपालिका वडा नं. १ र सफल मल्टीपर्पोज कृषि फर्मको आयोजनामा हलो जोत्दै भट्टराईले असार १५ अर्थात् राष्ट्रिय धान दिवस मनाएका हुन्।
हिलो लागेको ह्याट, हाफ पाइन्ट र हाफ बाहुला शर्ट लाएर हिलोमै हलो जोतिरहेको फोटोहरू ट्वीटरमा सार्वजनिक गर्दै भट्टराईले भनेका छन् – कृषिको आधुनिकीकरण र व्यवसायीकरणमा जोड दिउँ, स्वदेशमै रोजगार सिर्जना गरौं, कृषिमा आत्मनिर्भर बनौं।


प्रकाशित मिति: १६:०६ बजे, आइतबार, असार १५, २०७६
प्रतिक्रिया दिनुहोस्
थप समाचार











