Kathmandu Press

नेपालमाथि ओलीको अशोभनीय निन्दा

काठमाडौं, असार १४ : प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीले वरिष्ठ नेता माधवकुमार नेपाललाई ‘प्रचण्डको पुच्छर’ भन्दै अशोभनीय निन्दा गरेका छन्।७०औं मदन भण्डारी...
नेपालमाथि ओलीको अशोभनीय निन्दा

काठमाडौं, असार १४ : प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीले वरिष्ठ नेता माधवकुमार नेपाललाई ‘प्रचण्डको पुच्छर’ भन्दै अशोभनीय निन्दा गरेका छन्।

७०औं मदन भण्डारी जन्मजयन्तीको अवसरमा आज (सोमबार) प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेता नेपाललाई यसअघि नै ‘प्रचण्डको मामुली कार्यकर्ता’  ठानेको उल्लेख गरे।

उनले नेपाललाई लाजसरम पचेको भन्न पनि बाँकी राखेनन्। प्रधानमन्त्रीको प्रस्ताव आएको भनी नेता नेपालले सार्वजनिक गरेको भनाइमाथि टिप्पणी गर्दै उनले भने, ‘मैले प्रधानमन्त्रीका लागि प्रस्ताव राख्यो रे ! मलाई बहुला कुकुरले टोकेको छ र?’ 

उनले यो पनि भनेका छन्, ‘अरु कोही नपाएर यस्ता मान्छेलाई प्रधानमन्त्री प्रस्ताव केपी ओलीले राख्ला?’

‘माधव नेपाल भन्ने एकजना कांग्रेसको पछाडि कुद्ने मान्छे छन्’ भन्दै ‘यतिसम्म पनि मान्छे पतन हुने रहेछ’ भनेर नेपालमाथि उनी हदैसम्म खनिएका थिए।

कम्युनिष्टको सरकार ढाल्ने, प्रमुख प्रतिपक्षको नेतृत्वमा सरकार बनाउने, कम्युनिस्ट आन्दोलन सिध्याउने, अर्कोतिर लागिसक्ने अनि एमालेको वरिष्ठ नेता हुँ भनेर भन्ने लगायत आरोप उनले नेपालमाथि लगाए।

प्रकाशित मिति: १३:५० बजे, सोमबार, असार १४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्