माओवादी केन्द्रद्वारा प्रदेश १ को प्रदेशसभा बैठक अवरुद्ध
विराटनगर, असार १४ : माओवादी केन्द्रले आज (सोमबार) प्रदेश १ को प्रदेशसभा बैठक अवरुद्ध गरेको छ। माफी माग्नुपर्ने माग गर्दै नेकपा हिजो (आइतबार) को...विराटनगर, असार १४ : माओवादी केन्द्रले आज (सोमबार) प्रदेश १ को प्रदेशसभा बैठक अवरुद्ध गरेको छ। माफी माग्नुपर्ने माग गर्दै नेकपा
हिजो (आइतबार) को बैठकमा भौतिक पूर्वाधार विकासमन्त्री अम्बिरबाबु गुरुङले माओवादी केन्द्रका सांसद मोहनबहादुर खड्कालाई गालीगलौज गरेकोप्रति माफी नमागेसम्म बैठक अघि बढ्न नदिने भन्दै बैठक अवरुद्ध गरिएको हो।
माओवादी केन्द्रले मन्त्री गुरुङले बोलेको कुरा संसदको रेकर्डबाट मेटाउनुपर्ने माग पनि गरेकाे छ।
बैठकमा अवरोध भएपछि सभामुख प्रदीपकुमार भण्डारीले केही समयका लागि बैठक स्थगित गरेका छन्।
प्रकाशित मिति: १३:१४ बजे, सोमबार, असार १४, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











