सार्वजनिक यातायात जोरबिजोर प्रणालीमा खुल्नेगरी एक साता थपियो निषेधाज्ञा
सार्वजनिक यातायातसमेत सञ्चालन गर्न दिने गरी काठमाडौं उपत्यकामा एक साताका लागि निषेधाज्ञा थप्ने निर्णय भएको छ ।
काठमाडौं, असार १४ : सार्वजनिक यातायातसमेत सञ्चालन गर्न दिने गरी काठमाडौं उपत्यकामा एक साताका लागि निषेधाज्ञा थप्ने निर्णय भएको छ ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुसार २५ सिटभन्दा बढी क्षमताका सार्वजनिक सवारी साधन जोर–बिजोर प्रणालीमा सञ्चालन गर्न दिने निर्णय भएको छ । यो निर्णय मंगलबारदेखि लागू हुनेछ ।
यस्तै, खाद्यान्न पसल बिहानदेखि साँझ ६ बजेसम्म खुल्न दिने निर्णय भएको छ । अन्य पसल बिहान ११ बजेदेखि साँझ ६ बजेसम्म खोल्न दिइने भएको छ ।
प्रकाशित मिति: १२:१६ बजे, सोमबार, असार १४, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











