सुदूरपश्चिम प्रदेशको बजेट बहुमतले पारित
काठमाडौं, असार १४ : सुदूरपश्चिम प्रदेशको बजेट प्रदेशसभाबाट पारित भएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, जनता समाजवादी पार्टी र एमालेको ओली...
काठमाडौं, असार १४ : सुदूरपश्चिम प्रदेशको बजेट प्रदेशसभाबाट पारित भएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, जनता समाजवादी पार्टी र एमालेको ओली समूहको असहमति जनाए पनि सुदूरपश्चिम प्रदेशको बजेट बहुमतले पारित भएको हो।
प्रदेश सरकारले असार १ गते आर्थिक वर्ष २०७८र७९ का लागि ३० अर्ब ३३ करोडको बजेट प्रदेशसभामा पेश गरेको थियो । सोमबार बिहान बसेको प्रदेशसभा बैठकले बजेट बहुमतले पारित गरेको हो।
बजेट माथिको छलफलका क्रममा सत्तारुढ दल नेकपा एमाले र माओवादी केन्द्रकै सांसदहरुबाट विरोध भए पनि बजेट बहुमतले पारित भयो । सत्ता पक्षकै सांसदहरुले विचौलियाहरुसँगको सेटिङमा ल्याइएको बजेट’ले प्रदेशको समृद्धि हासिल नगर्ने भन्दै संशोधनको माग गरेका थिए ।
प्रकाशित मिति: ११:१७ बजे, सोमबार, असार १४, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











