निषेधाज्ञामा सार्वजनिक यातायात चलाउन दिने तयारी
काठमाडौं, असार १४ : काठमाडौं उपत्यकामा निषेधाज्ञा थप्नेबारे निर्णय गर्न तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठक बस्न लागेको छ। केहीबेरमा बस्ने काठमाडौं, ललितपुर र भक्तपुरका...
काठमाडौं, असार १४ : काठमाडौं उपत्यकामा निषेधाज्ञा थप्नेबारे निर्णय गर्न तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठक बस्न लागेको छ।
केहीबेरमा बस्ने काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले सार्वजनिक यातायात सञ्चालन गर्न दिन वा नदिने भन्ने विषयमा निर्णय गर्ने भएको छ। काठमाडौंमा उपत्यकामा सिमित संख्यामा सार्वजनिक यातायात सञ्चालन गर्न दिनुपर्ने व्यवसायीको माग छ।
प्रमुख जिल्ला अधिकारीले पनि जोर–बिजोरका आधारमा सार्वजनिक यातायात सञ्चालन गर्न दिने तयारी गरेका छन्। यस विषयमा आइतबार पनि छलफल भएको थियो। तर, निर्णय हुन सकेको थिए।
स्वास्थ्य मापदण्ड पालना गरी सार्वजनिक यातायात सञ्चालन गर्न दिने विषयमा प्रमुख जिल्ला अधिकारी सकारात्मक रहेका छन्। यस विषयमा उनीहरूले जनस्वास्थ्य विज्ञसँग पनि छलफल गरेका छन्।
काठमाडौंमा उपत्यकामा वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी रहेको छ। पछिल्लो पटक थपिएको निषेधाज्ञा आज राति १२ बजे सकिँदै छ।
पछिल्लो निषेधाज्ञा खुकुलो पारिएको छ। पसलहरू बार अनुसार खुलेका छन् भने दैनिक उपभोग्य सामानका पसल बिहान ११ बजेसम्म खोल्न दिइएको छ।
निजी सवारी साधन पनि जोर–बिजोरका आधारमा चलिरहेका छन्। अब सार्वजनिक यातायात पनि जोर–बिजोरमा चलाउने तयारी गरिएको छ।
केहीबेरमा तीन जिल्लाको बैठक बस्न लागेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले बताए। अहिले एकीन नभएको तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारी बसेर निर्णय गरिने उनको भनाइ छ।











