वेदुराम भुसाल स्वतन्त्र हुनसक्छन्, सांसद सम्भव हुँदैन : भट्टराई
काठमाडौं, असार १४ : नेकपा (एमाले)का राष्ट्रिय सभामा मुख्य सचेतक खिमलाल भट्टराईले वेदुराम भुसाल स्वतन्त्र हैसियतमा रहन सक्ने भए पनि सांसद रहिरहन सम्भव नभएको...
काठमाडौं, असार १४ : नेकपा (एमाले)का राष्ट्रिय सभामा मुख्य सचेतक खिमलाल भट्टराईले वेदुराम भुसाल स्वतन्त्र हैसियतमा रहन सक्ने भए पनि सांसद रहिरहन सम्भव नभएको बताएका छन्।
एमाले नेता भुसालले आफू स्वतन्त्र सांसद रहन चाहेको जनाउँदै संसद् सचिवालयमा पत्र पठाएका छन्। त्यसै विषयमा सामाजिक सञ्जालमा टिप्पणी गर्दै मुख्य सचेतक भट्टराईले भनेका छन्, ‘यो पत्रसॅगै उनले नेकपा (एमाले) परित्याग गरेको जनाएका छन्। पार्टी परित्यागपछि उनी स्वतन्त्र हुन सक्छन्, तर सांसद भई रहन सम्भव हुॅदैन।’
सर्वोच्च अदालतको फैसलापछि एमाले र माओवादी केन्द्र दुई पार्टी भएको उल्लेख गर्दै त्योबाहेक स्वतन्त्र हुन नमिल्ने उनको जिकिर छ। भट्टराईले लेखेका छन्, ‘त्यसबीचमा निर्वाचित राष्ट्रिय सभाका सदस्यलाई दुई मध्ये एक रोज्न सक्ने प्रावधान हुनसक्छ, त्योभन्दा पृथक स्वतन्त्र सांसद हुन सक्दैन।’











