नेदरल्यान्ड्सलाई हराउँदै चेक रिपब्लिक क्वाटरफाइनलमा
काठमाडौं, असार १४ : चेक रिपब्लिक १६औं संस्करणको युरोकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ। आइतबार राति बुडापेस्टमा भएको खेलमा नेदरल्यान्ड्सलाई २–० ले हराउँदै चेक रिपब्लिक...
काठमाडौं, असार १४ : चेक रिपब्लिक १६औं संस्करणको युरोकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ। आइतबार राति बुडापेस्टमा भएको खेलमा नेदरल्यान्ड्सलाई २–० ले हराउँदै चेक रिपब्लिक क्वाटरफाइनल पुगेको हो।
अब चेक रिपब्लिकले सेमिफाइनल प्रवेशका लागि डेनमार्कको सामाना गर्नेछ। डेनमार्क वेल्सलाई ४–० ले हराउँदै क्वाटरफाइनल पुगेको हो।
नेदरल्यान्ड्सविरुद्ध चेकलाई जित दिलाउन प्याट्रिक सिक र टोमस होलेसले गोल गरे। पहिलो हाफमा गोलरहित बराबरीमा सकिएको खेलमा ५५औं मिनेटमा म्याथिस डि लिग्टले रेडकार्ड पाएपछि नेदरल्यान्ड्स दबाबमा आएको थियो। चेकका कप्तान टोमस सोजेकमाथि फाउल गरेपछि डि लिग्टले रेडकार्ड पाएका थिए।
नेदल्यान्ड्स १० खेलाडीमा समेटिएपछि चेकले खेलमा पडक बनाएको थियो। फलस्वरुप उसले ६८औं मिनेटमा अग्रता लियो। टोमस कलासले हेडिङमार्फत दिएको पासमा होलेसले हेडिङमै गोल गरेका थिए। ८०औं मिनेटमा होलेकै पासमा सिकले गोल गर्दै चेकलाई २–० को जित दिलाए।











