स्वतन्त्र सांसद बनाइदिन भन्दै एमाले नेता भुसालले दिए संसद सचिवालयमा निवेदन
काठमाडौं, असार १३ : नेकपा एमालेका स्थायी कमिटी सदस्य बेदुराम भुसालले राष्ट्रिय सभामा स्वतन्त्र सांसदका रुपमा मान्यता दिन मा गर्दै निवेदन दिएका छन्। नेकपाको...
काठमाडौं, असार १३ : नेकपा एमालेका स्थायी कमिटी सदस्य बेदुराम भुसालले राष्ट्रिय सभामा स्वतन्त्र सांसदका रुपमा मान्यता दिन मा गर्दै निवेदन दिएका छन्।
नेकपाको समयमा राष्ट्रिय सभामा निर्वाचित उनले कुनैपनि दल रोज्न मन नलागेको बताउँदै आइतबार संघीय संसद सचिवालयमा निवेदन दिएका हुन्।
सर्वोच्च अदालतले २०७७ फागुन २३ गते आफू निर्वाचित पार्टी नेकपाको अस्तित्व समाप्त गरेपछि नै स्वतन्त्र सांसद रहेको उनको भनाइ छ ।
प्रकाशित मिति: २१:०७ बजे, आइतबार, असार १३, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











