उपत्यकाको निषेधाज्ञाबारे सोमबार मात्र निर्णय हुने, सार्बजनिक यातायात खुल्ने सम्भावना
काठमाडौं, असार १३ : काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा बारे सोमबार मात्र निर्णय हुने भएको छ । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीले...
काठमाडौं, असार १३ : काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा बारे सोमबार मात्र निर्णय हुने भएको छ । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीले त्यसबारे सोमबार निर्णय लिने भएका छन् ।
आइतबार साँझ जिल्ला प्रशासन कार्यालय काठमाडौंमा काठमाडौंका प्रजिअ कालीप्रसाद पराजुली, भक्तपुरका प्रजिअ प्रेम प्रसाद भट्टराई र ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले निषेधाज्ञाको मोडालिटीबारे छलफल भएको हो । अहिलेकै मोडालिटीमा जाने वा अर्को मोडल अपनाउने भन्नेबारे छलफल भएको बुझिएको छ ।
सार्वजनिक यातायात खुलाउने सम्बन्धमा पनि प्रमुख जिल्ला अधिकारीहरुले छलफल गरेका छन् । उपत्यकामा वैशाख १६ बाट घोषणा गरिएको निषेधाज्ञा असार ८ बाट लागु हुनेगरी थप खुकुलो बनाउँदै नीजि यातायातमा जोर बिजोर प्रणाली लागु गरिएको थियो ।
उपत्यकामा बारको आधारमा पसल समेत खुल्ला गरिएको छ ।











