युरोकप भिडन्त : पोर्चुगल भर्सेस बेल्जियम र चेक रिपब्लिक भर्सेस नेदरल्याण्ड
काठमाडौं, असार १३ : युरो कप अन्तर्गत नकआउट चरणमा आइतवार मध्यरातमा उपाधी दाबेदारी मानिएका पोर्चुगल र बेल्जियम भिड्दै छन् ।पोर्चुगल गत वर्षको च्याम्पियन...
काठमाडौं, असार १३ : युरो कप अन्तर्गत नकआउट चरणमा आइतवार मध्यरातमा उपाधी दाबेदारी मानिएका पोर्चुगल र बेल्जियम भिड्दै छन् ।
पोर्चुगल गत वर्षको च्याम्पियन हो भने र बेल्जियम फिफा बरियतामा विश्वको नम्बर एक टिमहो । नेपाली समयअनुसार १२ः४५ बजे सेभियामा हुने खेलमा पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो पुनः उपाधी दिलाउने तयारीमा साथ मैदानमा उत्रने छन् भने रोमेलु लुकाकुको टिम बेल्जियम पनि सन् १९८९ पछि पहिलो पटक पोर्चुगललाई हराउने लक्ष्यका साथ मैदानमा उत्रिनेछ ।
बेल्जियमले लिग चरणको ग्रुप ‘बी’ मा शीर्ष टिम बन्दै नकआउट चरणमा प्रवेश गरेको हो । यता पोर्चुगलले ‘ग्रुप अफ डेथ’ भनिने ग्रुप ‘एफ’ मा तेस्रो स्थानमा रहँदै नकआउटमा स्थान बनाएको हो ।
यस्तै नकआउट चरणमै आजै राती ९ः ४५ मा हुने खेलमा चेक रिपब्लिक र नेदरल्याण्ड पनि भिड्दै छन् ।
प्रकाशित मिति: १८:१५ बजे, आइतबार, असार १३, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











