उपत्यकामा ४२४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, असार १३ : पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकमा ४२४ जना कोरोना संक्रमित थपिएका छन् । जसमध्ये काठमाडौंमा २९२, ललितपुरमा १०० र भक्तपुरमा ३२ जना रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ३००७ रहेको छ। यस्तै देशभर १९२० जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ३४ जनाको मृत्यु भएको छ ।
प्रकाशित मिति: १६:५६ बजे, आइतबार, असार १३, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











