Kathmandu Press

कोरोनाबाट ३४ जनाको मृत्यु, १९२० मा संक्रमण पुष्टि

६००० जनामा गरिएको पीसीआर परीक्षणमा १३५३ र ३८३६ जनामा गरिएको एन्टिजेन परीक्षणमा ५६७ जना गरी १९२० जनामा संक्रमण पुष्टि भएको हाे ।
कोरोनाबाट ३४ जनाको मृत्यु, १९२० मा संक्रमण पुष्टि

काठमाडौं, असार १३ : पछिल्लो २४ घण्टामा थप १९२० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । 

६००० जनामा गरिएको पीसीआर परीक्षणमा १३५३ र ३८३६ जनामा गरिएको एन्टिजेन परीक्षणमा ५६७ जना गरी १९२० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

पछिल्लो २४ घण्टामा संक्रमणका कारण ३४ जनाको मृत्यु भएको छ।

नेपालमा हालसम्म ६ लाख ६५ हजार ७७७ जनामा कोरोना संक्रमण भएकामा ५ लाख ८४ हजार ३३४ जना संक्रमणमुक्त भएका छन् भने ९००९ जनाको मृत्यु भएको छ।

प्रकाशित मिति: १६:४९ बजे, आइतबार, असार १३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्