Kathmandu Press

देउवा पक्षका कानुन व्यवसायीको बहस सकियो, भोलिबाट सरकार पक्षले बहस गर्ने

काठमाडौं, असार १३ : प्रतिनिधिसभा विघटनिवरुद्धको मुद्दामा आज (आइतबार) निवेदक पक्षका वकिलहरूको बहस सकिएको छ।रिट निवेदक शेरबहादुर देउवासहित १४६ सांसदको तर्फ पक्षमा असार...
देउवा पक्षका कानुन व्यवसायीको बहस सकियो, भोलिबाट सरकार पक्षले बहस गर्ने

काठमाडौं, असार १३ : प्रतिनिधिसभा विघटनिवरुद्धको मुद्दामा आज (आइतबार) निवेदक पक्षका वकिलहरूको बहस सकिएको छ।

रिट निवेदक शेरबहादुर देउवासहित १४६ सांसदको पक्षमा असार ९ बाट सुरु भएको बहस आज सकिएको हो ।

संवैधानिक इजलासमा निरन्तर सुनुवाइका क्रममा बहसका लागि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पक्षका वकिललाई १५ घन्टाको समय दिइएकोमा १२ घन्टा पूरा भएको छ। ३ घन्टा समय भने रिट निवेदकको विपक्षीले बहसपछि जवाफका लागि छुट्याइएको छ।

१२ घन्टामो अवधिमा देउवा पक्षका ३६ जना अधिवक्ताले बहस गरेका छन्। उनीहरूले संसदका बहुमत सदस्यको हस्ताक्षरसहित देउवाले प्रधानमन्त्रीका लागि दाबी गर्दै बनाउन राष्ट्रपति कार्यालयमा हस्ताक्षर बुझाउँदा पनि राष्ट्रपति विद्यादेवी भण्डारीले जालझेल गरेर उनलाई नियुक्त नगरेको बताएका थिए।

प्रधानमन्त्र िकेपी ओलीको चलखेलले प्रतिनिधिसभा विघटन भएको र अब सर्वोच्च अदालतले त्यसलाई पुनःस्थापना गरेर देउवालाई प्रधानमन्त्रिी नियुक्त गनृ परमादेश जार िगर्नुपर्नेमा उनीहरूले जोड दिएका थिए।   

आइतबार बरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी, सतीशकृष्ण खरेल, अधिवक्ता भीमार्जुन आचार्यलगायतले बहस गरेका थिए।

भोलि (सोमबार) देखि सरकार पक्षका वकिलको बहस सुरू हुनेछ। सरकार पक्षबाट महान्यायाधीवक्ता रमेह बडालसहित ११ अधिवक्ताले बहस गर्नेछन्।

प्रकाशित मिति: १६:४६ बजे, आइतबार, असार १३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्