Kathmandu Press

देउवालाई प्रधानमन्त्रीमा शपथ गराउने परमादेश जारी हुनुपर्छ : योगेन्द्र अधिकारी

काठमाडौं, असार १३ : अधिवक्ता योगेन्द्र अधिकारीले राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली कांग्रेसका सभापनि शेरबहादुर देउवाकाे दाबी अस्वीकार गरेको निर्णय बदर गरेर देउवालाई प्रधानमन्त्रीमा...
देउवालाई प्रधानमन्त्रीमा शपथ गराउने परमादेश जारी हुनुपर्छ : योगेन्द्र अधिकारी

काठमाडौं, असार १३ : अधिवक्ता योगेन्द्र अधिकारीले राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली कांग्रेसका सभापनि शेरबहादुर देउवाकाे दाबी अस्वीकार गरेको निर्णय बदर गरेर देउवालाई प्रधानमन्त्रीमा शपथ गराउने परमादेश जारी हुनुपर्ने बताएका छन्।

प्रतिनिधिसभा विघटनविरुद्धको रिटमाथि आज (आइतबार) संवैधानिक इजलासमा रिट निवेदकका तर्फबाट बहस गर्दै उनले देउवालाई प्रधानमन्त्री बनाउने आदेश जारी नभएको खण्डमा प्रधानमन्त्री केपी ओलीले फेरि अर्के खालको जालझेल रच्ने र फेरि पनि सबैले अदालत आउनुपर्ने स्थिति सिर्जना हुने जिकिर उनले गरे। 

संविधानको धारा ७६ (५) को सरकारले मात्र प्रतिनिधिसभा विघटन गर्न पाउने तर्क गर्दै उनले गरे। अरू कुनै धारामा पनि विघटनको व्यवस्था नगरिएको तर्क उनले गरे। 

प्रकाशित मिति: १६:०२ बजे, आइतबार, असार १३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्