Kathmandu Press

संसद पुनर्स्थापनासँगै देउवालाई प्रधानमन्त्रीमा नियुक्तिको आदेश हुनुपर्छ : वरिष्ठ अधिवक्ता खरेल

काठमाडौं, असार १३ : वरिष्ठ अधिवक्ता सतीशकृष्ण खरेलले प्रतिनिधिसभा पुनर्स्थापनासँगै कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्तिको पनि आदेश हुनुपर्नेमा जोड दिएका छन् ।प्रतिनिधिसभा...
संसद पुनर्स्थापनासँगै देउवालाई प्रधानमन्त्रीमा नियुक्तिको आदेश हुनुपर्छ : वरिष्ठ अधिवक्ता खरेल

काठमाडौं, असार १३ : वरिष्ठ अधिवक्ता सतीशकृष्ण खरेलले प्रतिनिधिसभा पुनर्स्थापनासँगै कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्तिको पनि आदेश हुनुपर्नेमा जोड दिएका छन् ।

प्रतिनिधिसभा विघटनविरुद्धको रिटमाथि आज (आइतबार) संवैधानिक इजलासमा रिट निवेदकका तर्फबाट बहस गर्दै उनले देउवाले १४९ सांसदको हस्ताक्षरसहित राष्ट्रपतिसमक्ष प्रधानमन्त्रीका लागि दाबी गरेकाले सर्वोच्च अदालतले उनलाई नै नियुक्ति आदेशसमेत दिनुपर्ने बताएका हुन् ।

ओलीले पटकपटक सम्वैधानिक दायरा नाघिसक्नुभएको दाी गर्दै उनले प्रतिनिधिसभा पुनर्स्थापना गरेर बाँकी जिम्मेवारी संसदलाई दिन नहुने उनको भनाइ थियो। अहिलेसम्म बहुमत कायम राखिरहेकाले देउवालाई नै प्रधानमन्त्री नियुक्तिको आदेश हुनुपर्नेमा उनले जोड दिएका हुन्।

वरिष्ठ अधिवक्ता खरेलले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी ओलीको व्यवहारका कारण पनि देउवालाई प्रधानमन्त्री नियुक्तिको आदेश अनिवार्य रहेको जिकिर उनले गरे।

धारा ७६ (५) अनुसारको सरकार गठनमा आफ्नो अधिकारक्षेत्र नाघेकाले राष्ट्रपति भण्डारीले आफूलाई सुधार्नुपर्ने धारणा उनले राखे ।

‘गत मंसिरमा प्रतिनिधिसभाको विशेष अधिवेशन माग गर्न राष्ट्रपति कार्यालय पुगेका सांसदलाई राष्ट्रपति भण्डारीलले ६ घण्टासम्म कुराउँदा प्रधानमन्त्री केपी ओलीको सिफरिस भने राति नै सदर भएकोप्रति आश्चर्य प्रकट गर्दै खरेलले ‘तिमी भन म गर्छु’ भनेजस्तो भइरहेको बताए।

प्रधानमन्त्री नियुक्तिका लागि सांसदले व्यक्तिगत रुपमा मत दिनुपर्ने तर्क गर्दै उनले विश्वासको मत लिँदादिँदा मत विभाजन गर्ने गरिएको उनको भनाइ थियो।

सांसदहरुले ह्विप उल्लंघन गरेर दिएका मतको मान्य नहुने भनेर विश्वका कुनै पनि संविधानले नभनेको उनको भनाइ थियो।

प्रकाशित मिति: १४:१२ बजे, आइतबार, असार १३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्