Kathmandu Press

मेरो बारेमा राम्रो चर्चा नगर्दा हुन्छ : प्रधानमन्त्री ओली

काठमाडौ‌ं, असार १५ : प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो बारेमा राम्रो चर्चा नगर्दा हुने बताएका छन्।

आफूले राम्रो काम गरिरहेको भएपनि च....

मेरो बारेमा राम्रो चर्चा नगर्दा हुन्छ : प्रधानमन्त्री ओली

काठमाडौ‌ं, असार १५ : प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो बारेमा राम्रो चर्चा नगर्दा हुने बताएका छन्।

आफूले राम्रो काम गरिरहेको भएपनि चर्चा नभएकाे उनको गुनासो थियो। राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन २०७६ को उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले आफूले सत्ता छोड्दा परिवर्तन ल्याएर छाड्ने बताएका छन्।

अहिले राम्रो नलेखे पनि सरकार छोड्दा सबैले देख्ने उनको भनाइ थियो। ‘मेरो बारेमा राम्रो चर्चा नगर्दा हुन्छ। मैले सरकार छोड्दा मेरो बारेमा लेखियो भने च्यातेर डस्बिनमा हाल्दिए हुन्छ,’ प्रधानमन्त्री ओलीले भने।

उनले रोजगारी सिर्जना गर्नु आफ्नो ध्येय भएको बताए। ‘हाम्रो देशमा रोजगारको रुपमा तालिम दिइन्छ। युवाहरु कुनै कपाल काट्ने तालिम लिन्छन्। सबैले कपाल काट्न सिके पनि कपाल काट्ने  टाउको पाउदैन,’ प्रधानमन्त्री ओलीले भने, ‘त्यसैले अहिलेको तालीम ब्यर्थ बनेको छ।’

शिक्षामा परिवर्तन नल्याएसम्म रोजगारी सिर्जना हुन नसक्ने र युवा स्वरोजगार बन्न नसक्ने बताए। ‘हाम्रो देशको हालत कस्तो छ भने खाली जमिन टन्न छ तर, घरको छोरा बेरोजगार छ। किनभने कृषिमा आधुनिकरण हुन सकेको छैन,’ उनले भने।

प्रकाशित मिति: १२:५६ बजे, आइतबार, असार १५, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्