सुधार गृहबाट भागेका तीन बालक नियन्त्रणमा
विराटनगर, असार १३ : विराटनगरस्थित बालसुधार गृहबाट शनिबार भागेका तीनजना बालक आज (आइतबार) लाई आइतबार नियन्त्रणमा लिइएको छ।तेस्रो तलाबाट हाम फालेर भागेका चारजनामध्ये...
विराटनगर, असार १३ : विराटनगरस्थित बालसुधार गृहबाट शनिबार भागेका तीनजना बालक आज (आइतबार) लाई आइतबार नियन्त्रणमा लिइएको छ।
तेस्रो तलाबाट हाम फालेर भागेका चारजनामध्ये एकजना केहीबेरमै पक्राउ परेका थिए। तीन जना भने भाग्न सफल भएका थिए।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार भागेकाे केहीबेरमै समातिएका बालक जबर्जस्ती करणी मुद्दामा अदालतबाट १० वर्ष कैद सजायको फैसला भइसकेकाले सुधार गृहमा राखिएको थियो।
प्रदेश १ प्रहरी कार्यालय विराटनगर र जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको विशेष टोलीले सङ्खुवासभा, उदयपुर र झापा घर भएका तीन बालकलाइृ नियन्त्रणमा लिएका थिए।
तिनीहरूमध्ये दुईजना जबर्जस्ती करणी मुद्दामा अदालतबाट दोषी ठहर भई १२ वर्ष र पाँच वर्ष कैदसजाय सुनाइएका बालक हुन्। अर्का एक जना भने विष्फोटक पदार्थ सम्बन्धी मुद्दामा पुर्पक्षका लागि थुनामा राख्न आदेश दिइएका बालक हुन्।
विभिन्न अपराधमा संलगन भई दोषी ठहरिए पनि बालके भएकाले उनीहरूलाई सुधारगृहमा ल्याएर राखिएको प्रहरीको भनाइ छ।











