Kathmandu Press

असार १६ मा एमालेको महाधिवेशन आयोजक कमिटीको बैठक 

काठमाडौं, असार १३ : नेकपा एमालेले आगामी असार १६ गते दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी बैठक बोलाएको छ।प्रवक्ता प्रदीप ज्ञवालीका अनुसार आज बालुवाटारमा बसेको...
असार १६ मा एमालेको महाधिवेशन आयोजक कमिटीको बैठक 

काठमाडौं, असार १३ : नेकपा एमालेले आगामी असार १६ गते दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी बैठक बोलाएको छ।

प्रवक्ता प्रदीप ज्ञवालीका अनुसार आज बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठक असार १६ गते बिहान ११ बजे काठमाडौंमा बस्ने निर्णय भएको बताए ।

बैठकपछि प्रवक्ता प्रदीप ज्ञवालीले  पछिल्लो राजनीतिक स्थिति, कोभिड महामारी र राष्ट्रिय राजनीतिका बारेमा संक्षिप्त तर गहन छलफल भएको बताए ।

पार्टी सदस्यता नवीकरणका कामलाई तीव्रता दिने निर्णय पनि भएको छ।

बैठकमा नेता माधवकुमार नेपाल पक्ष विपक्षी गठबन्धनमा लागेकोबारे पनि छलफल भएको थियो।

प्रकाशित मिति: ११:२१ बजे, आइतबार, असार १३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्