एमाले बैठक बालुवाटारमा जारी

काठमाडौं, असार १३ : नेकपा एमालेको स्थायी समिति बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी छ । बिहान नौ बजेका लागि बोलाएको बैठक साढे १० बजेपछि मात्रै सुरु भएको हो ।
नेताहरु आउन ढिला भएपछि केही ढिलागरी बैठक सुरु भएको एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए ।
बैठकमा पार्टी एकता, सर्वोच्च अदालतले गरेका पछिल्ला फैसला लगायतका विषयमा छलफल हुने नेताहरुले बताएका छन् ।
यसअघि जेठ अन्तिमसाता बसेको एमाले स्थायी समिति बैठक बीचैमा स्थगित भएको थियो ।
प्रकाशित मिति: ११:११ बजे, आइतबार, असार १३, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











